दफा
बोर्डको बैठक सम्बन्धी कार्यविधि
(१) बोर्डको बैठक अध्यक्षले तोकेको मिति, स्थान र समयमा बस्नेछ ।
(२) बोर्डको बैठकको अध्यक्षता बोर्डको अध्यक्षले र निजको अनुपस्थितिमा बोर्डको उपाध्यक्षले गर्नेछ ।
(३) बोर्डले सम्बन्धित विभागीय मन्त्री, सम्बन्धित मन्त्रालयका सचिव, नेपाल सरकारको कुनै पनि अधिकृत वा कुनै स्वदेशी वा विदेशी विशेषज्ञलाई बोर्डको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(४) बोर्डको निर्णय सदस्य–सचिवले अभिलेख गरी प्रमाणित गर्नेछ ।
(५) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि बोर्ड आफैँले निर्धारण गरे बमोजिम हुनेछ ।